७ पुस २०८२, सोमबार

राष्ट्रिय सभाको बैठक मंगलबारका लागि सर्‍यो

प्रकाशित मिति :  10 July, 2023 10:03 am


काठमाडौँ । आज सोमबारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक मंगलबारका लागि सरेको छ ।

सोमबार ११ बजे बस्ने गरी बोलाएको बैठक विशेष कारणवश भोली मंगलबार ११ बस्ने गरी सारिएको राष्ट्रिय सभा अध्यक्षको सचिवालयले जनाएको छ ।

आजका लागि तय भएकाे राष्ट्रिय सभा बैठकमा राष्ट्रिय योजना आयोग, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्, राष्ट्रपति, उपराष्ट्रपति, रक्षा, गृह, कृषि तथा पशुपंक्षी,कानून, न्याय तथा संसदीय मामिला, शिक्षा, विज्ञान तथ प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, अर्थ, खानेपानी, उर्जा, जलश्रोत तथा सिंचाई, परराष्ट्र, सञ्चार तथा सूचना प्रविधि, स्वास्थ्य तथा जनसंख्य मन्त्रालयका बजेटमाथि छलफल हुनेछ कार्यसूची थियो ।



प्रतिक्रिया दिनुहोस !