१६ चैत्र २०८०, शुक्रबार

अध्यादेशको पहिलो सिकार समाजवादी पार्टी, रेणु यादवको नेतृत्वमा नयाँ दल गठन गर्ने निर्णय

प्रकाशित मिति :  23 April, 2020 6:12 am


काठमाडौं, ११ वैशाख ।

सरकारले दल विभाज सम्बन्धि अध्यादेश ल्याएपछि पहिलो सिकार समाजवादी पार्टी बनेको छ ।

सरकारले अध्यादेश ल्याएको दुई दिनमै समाजवादी दल विभाजन भएको हो ।

नेतृ रेणु यादवको नेतृत्वमा,पूर्व पूर्वमन्त्री मोहम्मद ईश्तियाक राई, राज्यमन्त्री डा.सुरेन्द्र यादव, सांसद प्रदीप यादवसहित ७ जना सांसदले नयाँ दल गठन गर्ने निर्णय गरेका छन् ।

गएराति नेतृ यादवको घरमा बसेको बैठकले नयाँ दल गठन गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए ।

समाजवादी पार्टीको १७ जना सांसद छन् । समाजवादी पार्टीले आफ्नो दल फुटाउन सरकारले सांसद अपहरण गरेको आरोप लगाएको थियो ।

उनीहरुलाई रोक्नका लागि समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र उपेन्द्र यादव लागेपनि असफल भएका छन् ।

पार्टीभित्र अफ्ठेरो भएपछि प्रधानमन्त्री केपी शर्मा ओली समाजवादी पार्टीका नेता पूर्वमन्त्री राईसँग निरन्तर सम्पर्कमा थिए ।

स्रोतका अनुसार पहिलो चरणमा समाजवादी फुट्ने पक्का भएपछि प्रधानमन्त्रीले दुईदिन अघि हतारमा ल्याएका अध्यादेश थिए ।

सरकारले पार्टी फुटाएर नयाँ दल गठन गर्न केन्द्रीय समिति र संसदीय दल दुबैमा ४० प्रतिशत पुराउनुपर्ने ब्यवस्थालाई संसोधन गर्दै दुई मध्य एकमा ४० प्रतिशत पुराए हुने अध्यादेश ल्याएको थियो । यसको पहिलो सिकार समाजवादी दल भएको हो ।



प्रतिक्रिया दिनुहोस !