१३ बैशाख २०८१, बिहिबार

पार्टी एकताप्रति संवेदनशील बन्न नेता नेपालको अपिल

प्रकाशित मिति :  21 April, 2020 5:26 pm


काठमाण्डौं, ९ वैशाख ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले व्यक्तिगत आग्रह पूर्वाग्रहबाट माथी उठेर पार्टी एकताप्रति संवेदनशील बन्न अपिल गरेका छन् ।

सरकारले पार्टी विभाजनलाई सहज बनाउने गरि अध्यादेश ल्याएपछि नेता नेपालले आज अपिल जारी गर्दै चुनौतिपूर्ण घडिमा सबै नेता कार्यकर्ता, सदस्य शुवेच्छुकहरुलाई पार्टी एकताप्रति संवेदनशील रहन,पार्टीलाई एकताबद्ध बनाईराख्न र आपसी हार्दिकता अभिवृद्धी गर्दै पार्टी काममा क्रियाशील रहन आव्हान गरेका छन् ।

उनले भनेका छन्,‘हामीले विकसित कतिपय घटना क्रमले पार्टी भित्र अनेकौं आशंका र चिन्ता उत्पन्न भएको पाईएको छ । यस्तो अवस्थामा हामीले सिंगो पार्टीं पंक्तिलाई भावनात्मक रुपमाले एकताबद्ध बनाउन जिम्मेवारीका साथ अघि बढ्नुपर्दछ ।’

नेता नेपालले व्यक्तिवाद, संकीर्ण स्वार्थ, व्यक्तिगत आग्रह र अहम्बाट माथी उठ्न आग्रह गरेका छन् ।

उनले अपिलमा भनेका छन्,‘कुनैपनि प्रकारको आक्रोश,भावावेश वा अनावश्यक आशंका र अविश्वासबाट प्रेरित वा प्रभावित नभई पार्टी एकताको मर्म,भावना र उद्देश्यलाई दह्रोसँग पक्रिएर अघि बढ्न हामी सबैको दायित्व हो भन्ने म स्मरण गराउन चाहन्छुँ ।’

नेता नेपालले कोरोनाबाट आक्रान्त भईरहेका बेला सरकार र पार्टी कहिबाट पनि मूल जिम्मेवारीबाट ध्यान अन्यत्र मोड्ने, संविधान र कानुनी शासनका मान्यतामा प्रहार हुने काम नगर्न पनि आग्रह गरेका छन् ।

उनले अविश्वास र आशंका उत्पन्न हुने तथा पार्टीको एकतामा आघात पुग्न सक्ने काम कुरा गर्न नहुनेपनि जोड दिएका छन् ।

नेता नेपालले कम्युनिष्ट आन्दोलनका विगतमा टुट फूट र विभाजनका नकारात्मक अनुभवबाट पाठ सिक्न पनि स्मरण गराएका छन् ।

उनले भनेका छन्,‘हामीले दुइ बर्षअघि गरेको पार्टी एकतालाई अझ सुदृढ,दीगो र बलियो बनाउनु यतिबेला सबै नेता कार्यकर्ताको गहन जिम्मेवारी हो ।’



प्रतिक्रिया दिनुहोस !