६ जेष्ठ २०८१, आइतबार

साेमबारकाे माैसमः पहाडी भेगका भारी वर्षाकाे सम्भावना, यातायात र कृषि कर्म प्रभावित हुने

प्रकाशित मिति :  17 July, 2023 7:53 am


फाइल फाेटाे

काठमाडाैँ । आगामी २४ घण्टामा नेपालका पहाडी भेगका एक-दुई  स्थानमा भारी वर्षाकाे सम्भावना रहेकाे छ । जल तथा माैसम विज्ञान विभागले हवाइ तथा सडक यातायात र कृषि लगायतका दैनिक कार्य प्रभावित हुने भन्दै सचेत बनाएकाेछ  । 

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र  सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग सहित  भारी वर्षाको  सम्भावना  रहेको विभागले जनाएकाे छ। 

“सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने देखिन्छ,” विभागले प्रकाशन गरेकाे माैसम पूर्मानु बुलेटिनमा भनिएकाे छ, “हावा-हुरी, भारी वर्षा, मेघ गर्जन/चट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।”

विभागका अनुसार दिउँसाेदेखि रातभर पनि पानी पर्ने सम्भावना रहेकाेछ । 



प्रतिक्रिया दिनुहोस !