४ जेष्ठ २०८१, शुक्रबार

कोरोना : अमेरीकामा मात्रै ४५ हजारको मृत्यु, भारतमा संक्रमितको संख्या २० हजार नाघ्यो

प्रकाशित मिति :  22 April, 2020 7:22 am


एजेन्सी, १० वैशाख ।

अमेरीकामा कोरोना भाइरसको कारण मर्नेको संख्या ४५ हजार नजिक पुगेको ।

विश्वभरीमा सबैभन्दा धेरै प्रभावित बनेको अमेरिकामा अहिलेसम्म ४४ हजार ९ सय ९९ पुगेको छ । संक्रमितको सख्या मात्रै ८ लाख २४ हजार १ सय ४७ छ ।

न्यूयोर्कमा मात्रै १९ हजार १ सय १४ को मृत्यु र २ लाख ५८ हजार ४ सय ८४ जना संक्रमित बनेका छन् ।

कोरोनाका कारण बेरोजगारी दर बढ्दै गएपछि अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्कालका लागि आप्रवासीहरुलाई रोक्ने जानकारी गराएका छन् ।

एक कानुनमा हस्ताक्षर गर्ने भन्दै राष्ट्रपति ट्रम्पले भनेका छन्,‘अदृश्य दुश्मनले हमला गरिरहेको अवस्थामा हाम्रा महान अमेरीकी जनताको रोजगारीको रक्षाको आवश्यकता छ, म संयुक्त राज्य अमेरीकामा अस्थाई आप्रवासनको रोक्नका लागि एक कार्यकारी आदेशमा हस्ताक्षर गर्ने छु ।’

अधिकारीहरुले आप्रवासन रोक्नका लागि कार्यकारी आदेशको मस्यौदाको तयारी गरिरहेका छन् र केही दिनमै यसलाई अन्तिम रुप दिन सक्ने अमेरीकी समाचार संस्था सीएनएनले जनाएको छ ।

आप्रवासन रोक्नका लागि अहिलेपनि गृहकार्य चलिरहेपनि आस्थाई रुपमा ग्रीन कार्ड दिन र कामदार भिसा रोक्ने अपेक्षा गरिएको छ र जुन कोरोना भाइरसका कारण प्रभावित भईसकेको छ ।

सुरुमा वेवास्था गरिरहेको अमेरीका अहिले कोरोनाबाट नराम्ररी प्रभावति भएको छ ।

छिमेकी मुलुक भारतमा समेत कोरोना भाइरसको संक्रमण तिब्र बढिरहेको छ । अहिलेसम्म संक्रमितको संख्या २० हजार नाघेको छ भने मृतकको संख्या ६ सय ४५ पुगेको छ ।

अहिलेसम्म विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ७७ हजार २ सय र संक्रमितको संख्या २५ लाख ६१ हजार ९ सय १५ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !