१५ बैशाख २०८१, शनिबार

रोल्पामा भिड बढ्न थालेपछि बजार जान गाँउपालिका अनुसार दिन तोकियो

प्रकाशित मिति :  22 April, 2020 10:18 am


रोल्पाको सुलिचौर बजार(बायाँ) र रुईनिवाङ बजार(दायाँ)

रोल्पा, १० वैशाख ।

रोल्पामा भिडभाड बढ्न थालेपछि  गाँउपालिकाका वासिन्दालाई बजार जान पालो लगाईएको छ ।

सुलीचौर र रुईनीवाङ बजारमा किनमेल गर्न अब आफ्नो गाँउपालिका अनुसार तोकिएको दिनमा मात्रै बजार जान पाईने छ ।

सुनिलस्मृति गाउँपालिका, लुङ्ग्री गाउँपालिका, सुनछहरी गाउँपालिका अध्यक्ष स्तरको बैठकले बजारमा अनावश्यक भिड बढेको भन्दै तीनवटै गाँउपालिकाका लागि दिन तोकिएको हो ।

निर्णय अनुसार सुनिलस्मृति गाउँपालिकाका वासिन्दाहरु आइतबार र सोमबार, लुङ्ग्री गाँउपालिकाका वासिन्दाहरु बुधबार र विहिबार बजार जान पाउने छन् । त्यस्तै सुनछहरी गाउँपालिका बासिहरुलाई शुक्रवार र शनिबार बजार जाने समय तोकिएको छ ।

तीन गाँउपालिकाका अध्यक्षको बैठकको निर्णयले सबै गाउँपालिकाका वडा कार्यालयहरुबाट स्थानीयवासिहरुलाई जानकारी गराई सहयोग गरिदिनुहुन र आ-आफ्नो समय तालिकामा बजार आएर किनमेल गर्न आग्रह गरेको छ ।

सुनछहरी गाँउपालिकाका अध्यक्ष आसबहादुर पुनले भने,‘ सुलीचौर र रुईनीवाङ पहिलेको २२ वटा गाविस र पूर्वी रुकुमका केही गाविसको समेत केन्द्र हो एकैचोटी बजार जाँदा भिडभाड हुने भएकाले यस्तो निर्णय गरेका हौं ।’

पछिल्लो समय सुलिचौर र रुईनीवाङमा भिडभाड बढेको गुनासो आएपछि तीन गाँउपालिकाले बजार जाने तालिका बनाएका हुन् । सुनिल स्मृति गाँउपालिकामा पर्ने सुलीचौर र रुईनिवाङ बजार पूर्वी रोल्पाको ठूलो बजार हो ।

 



प्रतिक्रिया दिनुहोस !