६ जेष्ठ २०८१, आइतबार

सिनामंगलमा फेला परेको शङ्कास्पद वस्तु डिस्पोज

प्रकाशित मिति :  19 July, 2023 2:12 pm


काठमाडाैं । काठमाडौंको सिनामंगलमा फेला परेको शङ्कास्पद वस्तु डिस्पोज गरिएको छ । सिनामंगलस्थित खोटाङ हलेसी ज्वेलर्स अगाडि फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको हो ।

शङ्कास्पद वस्तुमा बम भने नरहेको प्रहरीले जनाएको छ । मानिसलाई तर्साउनलाई बम जस्तो देखिने गरी ब्याट्रीमा तार बेरेर राखेको प्रहरीले जनाएको छ ।

बुधवार बिहान सिनामंगलस्थित खोटाङ्ग हलेसी ज्वेलर्सको सटर तल ‘नेपाल उत्थान क्रान्किारी पार्टी’को नामबाट पर्चासहित शंकास्पद वस्तु राखिएको थियो ।

त्यसरी राखिएको पर्चामा ‘आरडीएक्स बारुदको नाम राखिएको’ उल्लेख थियो । डिस्पोजपछि बोल्दै खोटाङ्ग हलेसी ज्वेलर्सका व्यापारी मने विश्वकर्माले आफूलाई धम्कीपूर्ण चेतावनी दिएपछि प्रहरीलाई खबर गरेको बताए । उनले साना व्यवसायीहरुलाई थर्काएर लुट्ने काम भइरहेको बताए ।

सुन पसल सञ्चालक विश्वकर्माले आफूसँग पटकपटक फोन गरेर ५ लाख नदिए बम राख्छु भनेर धम्की दिएपछि प्रहरीलाई खबर गरेको बताए ।



प्रतिक्रिया दिनुहोस !