३ जेष्ठ २०८१, बिहिबार

प्रधानमन्त्री प्रचण्डले गरे बुढीगण्डकी जलविद्युत आयोजनाको ‘फिल्ड कार्यालय’ उद्घाटन

प्रकाशित मिति :  19 July, 2023 2:54 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुढीगण्डकी जलविद्युत आयोजनाको फिल्ड कार्यालय उद्घाटन गरेका छन् । गोरखा पुगेर प्रधानमन्त्री प्रचण्डले बुढी गण्डकी जलविद्युत आयोजनाको फिल्ड कार्यालयको उद्घाटन गरेका हुन् ।

यससँगै बहुचर्चित यो आयोजनाको निर्माण सुरु हुने अपेक्षा बढेको छ । आयोजनाबाट बिजुली निकाल्न सिरुङटारमा ८० मिटर अग्लो ड्याम बन्छ ।

उक्त ड्याम ६३ किलोमिटर क्षेत्रफलमा फैलिने छ । यस्तै ड्याम बनेपछि पानी भरिन करिब डेढ वर्ष लाग्ने बताइएको छ । सरकारले आयोजनालाई अगाडि बढाउन भन्दै यही साता काठमाडौँमा केन्द्रीय कार्यालय स्थापना गरिसकेको छ ।

कुल एक हजार दुई सय मेगावाट क्षमताको आयोजना निर्माणका लागि सरकारले बुढी गण्डकी जलविद्युत् कम्पनी स्थापना गरेको छ । सरकारले आयोजना प्रभावितलाई हालसम्म ३४ अर्ब ३० करोड रुपैयाँ बराबरको मुआब्जा वितरण गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस !