२० बैशाख २०८१, बिहिबार

आत्महत्याको बारेमा ‘दु:ख भित्रको खुशी’ म्युजिक भिडियो सार्वजनिक (भिडियाे)

प्रकाशित मिति :  20 July, 2023 8:39 am


काठमाडौँ । देशमा दिनप्रतिदिन बढ्दो आर्थिक अभाव, सामाजिक अवहेलना तथा जातिय विभेदका कारण आत्महत्या गर्नेको संख्या बढिरहेको छ ।

यस्तो अवस्थामा चेतनामुलक गीतमार्फत भ्वाइस अफ नेपालका चर्चित प्रतिस्पर्धी गायक सुशिल गर्तौला र नेपाल आइडलकाे तेस्रो सिजनकी विजेता सज्जा चौलागाईंले गीतको मध्यमबाट आत्महत्या नगर्नको लागि आग्रह गरेका छन् ।

कृष्ण ज्ञवालीले कोरेकाे गीतको शुरुवात ऋणले डुबेको व्यापारकाे कथावस्तुबाट हुन्छ, उक्त कथासँगै गीतकाे मध्यमबाट जीवनगाथा शुरु हुन्छ अनि आत्महत्या नगर्नका लागि उत्प्रेरित गरिएकाे छ ।

प्रत्येक मानिसको जीवनमा दु:ख छ । कोही धनी छन् त कोही गरीब । कसैले मजदुरी गर्छन त कोही व्यापारी । गाह्रो अवस्था आयो भन्दैमा प्राणहत्या गर्नु राम्रो होइन । तपाईँ बाच्नु नै संसारमा सुन्दरता थप्नु हो । तपाईँ परिवारका लागि एउटा उज्यालाे दिप हो भन्ने सन्देश गीतले दिएकाे छ ।

सतिश सिन्नाहाको निर्देशनमा तयार भिडियोमा भरत विक्रम शाह, सुनिता चौधरी र बाल कलाकार आचल चौधरीको अभिनय रहेको छ । गीतमा मौलिक प्रस्तुति छ ।

गीतको भिडियो ‘क्यासपर प्रोडक्सन’ युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । यस गीतलाई चन्द सिंहले ऐरेन्ज गरेका हुन्। गीतलाई शान्ती शर्मा र अनिल सापकोटाले निर्माण गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस !