४ जेष्ठ २०८१, शुक्रबार

जिल्ला विपद व्यवस्थापन समितिलाई रकम दिने प्रदेश ५ सरकारको निर्णय,सार्वजनिक विदाको पनि टुंगो

प्रकाशित मिति :  22 April, 2020 4:01 pm


रुपन्देही, १० वैशाख ।

प्रदेश ५ सरकारले कोरोना जोखिम न्यूनिकरणका लागि जिल्ला विपद व्यवस्थापन समितिलाई रकम दिने निर्णय गरेको छ ।

आज बसेको मन्त्रीपरिषद् बैठकले तराईका जिल्लालाई ८ लाख र पहाडी जिल्लालाई ५ लाख रुपैंया दिने निर्णय गरेको हो ।

कोरोना भाइरस जोखिम व्यवस्थापनको लागि आवश्यक काम गर्न प्रदेश विपद व्यवस्थापन कोषमा रहेको रकम जिल्लाहरुमा रहेका स्थानीय निकायलाई दिने निर्णय गरेको हो ।

यसैबीच केन्द्रबाहेक प्रदेश सरकारले दिने सार्वजनिक विदाको पनि टुंगो लागेको छ । २०७७ सालमा प्रदेशले दिने ६ दिनको विदा दिन निर्णय गरेको छ ।

प्रदेशभरी चार दिनको बिदा हुने छ जस अन्तर्गगत बकरइद, माघ १ र २ गते माघी विदा, फागुन ३ गते प्रदेश स्थापना दिवस विदा दिने निर्णय गरेको छ ।

त्यस्तै भूमे पूजाको समयमा रुकुम, रोल्पा र बडकवा अतवारी थारु समुदायलाई तथा भगवती जात्रामा पाल्पा जिल्लामा विदा दिने निर्णय गरेका छ ।

बैठकले बाल रोग विशेषज्ञ डा. किरणमणि पौडेललाई लुम्बिनी प्रादेशिक अस्पतालमा हाजिर गराई कामकाजमा खटाइएको प्रदेश ५ सरकारले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !