सांसद शर्मालाई कारबाही हुन्छः प्रवक्ता महत
प्रकाशित मिति : 27 July, 2023 7:50 am
काठमनाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले काँग्रेस सांसद सुनिल शर्माले आफ्नो अस्पताललाई स्वास्थ्य बीमा दिनुपर्छ भन्नेकुरा नभिनिदिएकाले जथाभावी बोलेको आरोप लगाएका छन् ।
बुधवार पार्टी केन्द्रिय समिति बैठकका निर्णय सुनाउने क्रममा उनले यस्तो बताएका हुन । उनले सांसद शर्माको अस्पताल रहेको र साही अस्पताललाई स्वास्थ्य बीमा दिनका लागि भनिदिन आफूसँग आग्रह गरेपनि आफूले विधिसम्मत रुपमा हुने भनेपछि रिसाएर जथाभावी बोलेको बताए।
उनले सांसद शर्माले अनुशासनहीन अभिव्यक्ति दिएको भन्दै कारबाही हुने बताए । सांसद शर्माले प्रतिनिधि सभाको बुधवारको बैठकमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतले विमानस्थलबाट भएको सुन तस्करीलाई लिएर नैतिकताका आधारमा राजीनामा दिनुपर्ने अभिव्यक्ति दिएका थिए ।








