६ जेष्ठ २०८१, आइतबार

अवैध कारोबार र तस्करी नियन्त्रणमा सबैको समन्वयात्मक भुमिका आवश्यकः अर्थमन्त्री महत

प्रकाशित मिति :  27 July, 2023 1:49 pm


काठमाडाैं । अर्थमन्त्री डा. प्रकाशशरण महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अवैध कारोबार र तस्करी नियन्त्रण गर्न सबै सरकारी निकायको समन्वयात्मक भुमिका आवश्यक रहेको बताएका छन् ।

बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारको स्थलगत अनुगमन पछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।

अर्थमन्त्री महतले सरकारी निकायहरुले समन्वयकारी रुपमा एक अर्कालाई सूचना आदानप्रदान गरी काम गर्नुपर्ने बताए । उनले एउटा मात्रैको भुमिकाले राम्रो परिणाम आउन नसक्ने बताए।  

उनले करिब एक क्विन्टल सुन प्रकरणमा पनि एउटा सरकारी निकायको सूचनाको आधारमा अर्को सरकारी निकायले बरामद गरेको बताए।

उनले भने सरकारी निकायको सूचनाको आधारमा अर्को सरकारी निकायले काम गर्दा गैरकानूनी गतिविधिलाई न्युनिकरण गर्न सकिने छ, विमानस्थलमा रहेका राजश्व अनुसन्धान विभाग, भन्सार विभाग, जनपद प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र नागरिक उड्डयन प्राधिकरणबीच समन्वयात्मक भुमिका भए मात्रै गैरकानूनी गतिविधि कम गर्न सकिन्छ , अपराध गर्ने, तस्करी गर्ने मनसाय भएका व्यक्तिहरुले नयाँनयाँ प्रविधिको प्रयोग गरिरहेको भन्दै विमानस्थल भन्सारमा जडित प्रविधिलाई समयअनुकुल स्तरोन्नती गर्नुपर्याे।

उनले प्रविधिलाई स्तरोन्नती गर्नका लागि चाहिने प्रविधि,जनशक्ति अर्थ मन्त्रालयले पूरा सहयोग गर्ने प्रविद्धता जनाउनु जनाए। अपराध गर्ने मानसिकता भएका व्यक्तिहरुले यात्रुको रुपमा वा कार्गोमार्फत व्यापारको नाममा दुरुपयोग गर्ने प्रयास गर्ने गरेको भन्दै उनीहरुको प्रयास विफल बनाउन सबै निकायहरु शतर्कताका साथ काम गर्न अर्थमन्त्री महतले जाेड दिए ।

अर्थमन्त्री महतले कुनै बहानामा सरकारी निकायहरुले उदासिनता देखाउने वा आ–आफ्नो जिम्मेवारीमा क्रियाशील नहुने कुरा मान्य हुन नसक्ने बताउँदै महतले भने ‘अनुगमनको क्रममा यिनै विषयमा आफूले छलफल गरेको र सरकारी अधिकारीहरुले समन्वयात्मक ढंगले काम गर्ने प्रतिवद्धता जनाउनु भएकाे छ ।’

उनले आउँदा दिनमा कुनैपनि छुट, कुनैपनि तहबाट, कुनै पनि बहानामा हुन नदिनेतर्फ सम्पूर्ण प्रयास गर्ने निर्देशन दिएको बताए ।



प्रतिक्रिया दिनुहोस !