४ जेष्ठ २०८१, शुक्रबार

पूर्वसभामुख महराको पहलमा कास्की र भक्तपुरमा ३ सय २१ जनाको उद्धार,मजदुर लिएर बस रोल्पा र दाङ प्रस्थान

प्रकाशित मिति :  22 April, 2020 7:59 pm


भक्तपुरको एक इट्टा भट्टाबाट पूर्वसभामुख महराको पहलमा घर जाने तयारी गर्दै श्रमिकहरु

काठमाडौं, १० वैशाख । 

पूर्व सभामुख कृष्णबहादुर महराको पहलमा कास्की र भक्तपुरबाट रोल्पा र दाङका श्रमिकहरुलाई घर पठाईएको छ ।

लकडाउनका कारण खाने र बस्ने समस्या हुन थालेपछि कास्की लामाचौरबाट १ सय ६१ जना र भक्तपुरको इट्टा भट्टाबाट १ सय ६० जनालाई महराको पहलमा घर पठाईएको हो ।

कास्कीका सबै रोल्पाका हुन् भने भक्तपुरका १ सय जना रोल्पाका र ६० जना दाङका रहेका पूर्वसभामुख महराका छोरा राहुल महराले जानकारी दिए ।

कास्की र भक्तपुरबाट श्रमिकहरु  लिएर आजै बस रोल्पा र दाङ हिडेका छन् । कोरोना संक्रमण त्रासका  कारण लकडाउन लम्बिदै गएपछि श्रमिकहरु समस्यामा परिरहेका छन् ।

रोल्पा घर भएका पूर्वसभामुख महरा दाङ क्षेत्र नम्बर २ बाट प्रतिनीधिसभामा सांसद हुन् । पछिल्लो समय समस्यामा परेका श्रमिकहरुको जनप्रतिनीधिहरुको समन्वयमा उद्धार भईरहेको छ ।

श्रमिकहरुले समस्यामा परेको भनेपछि उनीहरुलाई कार्यक्षेत्रबाट उद्धार गरिएको महराको सचिवालयले जनाएको छ । यसअघि पनि महराले दाङमा कोरोना राहत कोषमा एक सय बोरा चामल दिएका थिए ।



प्रतिक्रिया दिनुहोस !