४ जेष्ठ २०८१, शुक्रबार

गणपूरक संख्या नपुगेपछि सार्वजनिक लेखा समितिको बैठक स्थगित

प्रकाशित मिति :  28 July, 2023 1:06 pm


काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ ।आज (शुक्रबार) का लागि बोलाइएको सार्वजनिक लेखा समितिको बैठक कोरम पुग्न नसक्दा बस्न नसकेको हो ।

२६ सदस्यीय समितिमा कोरमका लागि १४ सांसद आवश्यक पर्नेमा १३ जना मात्रै उपस्थित हुँदा समिति बैठक स्थगित भएको हो ।

बैठक शुक्रबार बिहान साढे ११ बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा बोलाइएको थियो । तर सांसदहरू उपस्थित हुन नसक्दा बैठक बस्दै नबसी स्थगित भएको हो ।



प्रतिक्रिया दिनुहोस !