८ जेष्ठ २०८१, मंगलबार

राष्ट्रपति पौडेलद्वारा नेपाल ऐन संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण

प्रकाशित मिति :  28 July, 2023 2:32 pm


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले शुक्रबार उक्त विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

राष्ट्रपतिले नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम उक्त विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिएकी छन् ।



प्रतिक्रिया दिनुहोस !