८ जेष्ठ २०८१, मंगलबार

प्रतिनिधि सभा असभ्य रुपमा सञ्चालन हुन थाल्योः वामदेव गौतम

प्रकाशित मिति :  28 July, 2023 3:50 pm


काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले प्रतिनिधि सभाभित्र असभ्यता, अपसंस्कार र संस्कृतिहीन रूपमा सञ्चालन हुन थालेको बताएका छन् । शुक्रबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समिति बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले यस्तो बताएका हुन् ।

उनले नेपालको संसद पहिलादेखि विवादित र नराम्रो किसिमले चल्ने गरेको भएपनि अहिले संसारका कुनैपनि संसदमा नहुने र इतिहासमा कहिल्यै नभएका संस्कृतिहीन गतिविधि भइरहेको बताए । गौतमले सांसदहरू संसदको नियमावलीलाई बेवास्ता गरी जथाभावि रूपमा उठेर बोल्ने गरेको बताए । उनले एक जनाले मात्रै बोल्नुपर्ने ठाउँमा २७५ जना उठेर बोल्ने गरिएको टिप्पणी गरे ।

गौतमले पुरानो संसद परित्याग गरेर समानुपातिक समावेशी प्रणालीमा आवद्ध गराएर नयाँ संसद बनाएको भन्दै पहिलको भन्दा खराब रुपमा तल झरेर संस्कृतिहीन भएको बताए ।

उनले कुनैपनि पार्टीले सांसदहरूलाई लगाएर संसदको गतिविधि अवरोध गर्न नपाउने भन्दै संसद अवरोध गर्ने विषय नियमावलीमा समेत नभएको बताए ।



प्रतिक्रिया दिनुहोस !