४ जेष्ठ २०८१, शुक्रबार

पार्टी फुटाउन आफ्नो सांसद अपहरण गरिएको समाजवादी पार्टीको आरोप

प्रकाशित मिति :  22 April, 2020 9:04 pm


काठमाडौं, १० वैशाख ।

समाजवादी पार्टी नेपालले आफ्नो पार्टी विभाजनका लागि सांसद अपहण गरेको आरोप लगाएको छ ।

बुधबार साँझ डा. भट्टराईको तर्फबाट पठाइएको जानकारीमा भनिएको छ,‘आज वैशाख १० गते साँझ साढे पाँच बजे पूर्वस्वास्थ्य राज्यमन्त्री तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य डा. सुरेन्द्र यादवलाई प्रधानमन्त्री ओलीको ठाडो आदेशमा काठमाडौंबाट गएको प्रहरी टोलीले जनकपुरबाट अपहरण गरेर पार्टी फुटाउने प्रयोजनका लागि काठमाडौं लगेको छ ।’

समाजवादी पार्टीका एक नेताका अनुसार प्रधानमन्त्रीले बोलाउनुभएको छ जान प¥यो भनेर प्रहरीले लिएर गएको छ । समाजवादी पार्टीका केही सांसद समेत सम्पर्कविहिन भएका छन् ।

पूर्वराज्यमन्त्री यादवको फोन अफ् छ ।



प्रतिक्रिया दिनुहोस !