८ जेष्ठ २०८१, मंगलबार

एमाले युवा नेताहरूको हैसियत ‘दुनामा खाएर कुनामा बस्ने’ सरह पनि छैनः शर्मा

प्रकाशित मिति :  29 July, 2023 7:13 pm


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीमा एमाले युवा नेताहरूको हैसियत ‘दुनामा खाएर कुनामा बस्ने’ सरह पनि नभएको बताएका छन् ।

नेपाली काँग्रेस काठमाडाैँ क्षेत्र नम्बर ९ (क) प्रदेश कार्य समितिले शनिबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो टिप्पणी गरेका हुन् ।

काँग्रेसका युवाहरूले आफ्नो सन्देश दिनका लागि पार्टी सभापति शेरबहादुर देउवासँग संसदीय दलको नेतामा मुस्कुराएर प्रतिष्पर्धा गर्ने आँट गरेपनि एमालेका युवाहरूमा पार्टी अध्यक्ष केपी ओलीसँग प्रतिष्पर्धाका लागि साहस गर्ने आँट नभएको महामन्त्री शर्माको प्रतिक्रिया थियो ।

उनले एमालेका युवाहरूलाई पनि संसदीय दलको चुनावमा कमरेड केपी ओलीसँग प्रतिस्पर्धा गर्ने आँट गर्न सुझाव दिँदा उनीहरूबाट आफूहरूको अवस्था भनेको ‘कुनामा बस्ने, दुनामा खाने’ जवाफ पाएको बताए । तर काँग्रेसका युवाहरूले भने गगन थापालाई संसदीय दलमा हारिन्छ भन्ने थाहा हुदाँहुँदै उम्मेदवारी दिन लगाएर युवाहरू पनि पार्टीमा छौं भन्ने सन्देश दिइएको स्पष्ट पारे ।

महामन्त्री शर्माले काँग्रेसले २०८४ सालमा आउने निर्वाचनको चिन्ता नगर्ने तर सो निर्वाचनमा जनतामा जाने गरी काम गर्ने बताए । निर्वाचनलाई परीक्षासँग तुलना गर्दै उनले परीक्षा उर्तीण हुन पढनु पर्ने भएकाले काँग्रेसले सो परीक्षामा सफल हुने गरी जनताको पक्षमा काम गर्ने कुरालाई जोड दिने उनले बताए ।



प्रतिक्रिया दिनुहोस !