२२ बैशाख २०८१, शनिबार

सीप बिल्डिङ क्षेत्रको लागि ईपीएस कोरियन भाषा परिक्षाको आवेदन खुल्यो

प्रकाशित मिति :  30 July, 2023 11:07 am


काठमाडौँ । वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले पानी जहाज कम्पनीमा पठाउने कामदारका लागि भाषा परीक्षा खुलाएको छ।

पानी जहाज कम्पनीमा कामदारका रूपमा पठाउने सिलसिलामा करिब २ हजार ५०० कामदार छनोट गर्न भाषा परीक्षा आह्वान गरिएको हो। भाषा परीक्षाका लागि साउन २० देखि २४ गतेसम्म आवेदन दिन सकिने र आवेदकको उमेर १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको, नेपाली नागरिक हुनुपर्ने शाखाद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।

भाषा परीक्षा असोज १ गतेदेखि सुरू हुने इपिएस कोरिया शाखाले जानकारी दिएको छ। परीक्षा एकै दिनमा ४ सिफ्ट गरी सञ्चालन हुनेछ। आवेदक संख्याका आधारमा परीक्षा तालिका फेरबदल हुन सक्ने जनाइएको छ।

२०२३ कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षा उत्तीर्ण भई सीप परीक्षा दिई बसेका व्यक्तिहरूले समेत यस क्षेत्रको परीक्षा आवेदन दर्ता गराउन सक्ने बताइएकाे छ।

यो क्षेत्रको भाषा परीक्षामा सामेल भई अनुत्तीर्ण व्यक्तिहरूले पछि हुने अन्य क्षेत्रतर्फको परीक्षा आवेदनहरू प्रकाशित भएमा त्यस परीक्षाका लागिसमेत आवेदन दिन सक्ने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस !