४ जेष्ठ २०८१, शुक्रबार

मुग्लिन नारायणगढ–सडकखण्ड पुनः अवरुद्ध

प्रकाशित मिति :  30 July, 2023 11:13 am


काठमाडौं । लेदो माटोसहितको पहिरो खसेपछि मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । इच्छामनकामना गाउँपालिका ६ कालिखोलामा बिहान ९ बजे खसेको पहिरोले मुग्लिन नारायणगढ सडकखण्ड दुईतर्फी नै बन्द भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पहिरोका कारण सो सडक भएर गुड्ने सवारीसाधन र यात्रुहरू अलपत्र परेका छन् ।

इलाका प्रहरी कार्यालय मुग्लिङबाट प्रहरी निरीक्षकको टोली खटिएर सडक विभागसँग समन्वय गरी पहिरो पन्छाउन पहल भैरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेकाले पहिरो पन्छाउन कठिन भएको छ ।



प्रतिक्रिया दिनुहोस !