७ पुस २०८२, सोमबार

एकीकृत समाजवादीको सचिवालय बैठक सोमबार

प्रकाशित मिति :  30 July, 2023 2:02 pm


काठमाडौँ । एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक यही साउन १५ गते सोमबार बस्ने भएको छ।

मीनभवनस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने सो बैठकमा पार्टीका विभिन्न तहका बैठक कहिले र कहाँ गर्ने विषयमा छलफल हुने बताइएकाे छ ।

संगठन सुदृढीकरण अभियानको समीक्षा,वैचारिक नीति,कामको विस्तृत योजनाका साथै पार्टी परित्याग गरी गएका केही नेताको पद रिक्त रहेकाले ती पदमा मनोनीत गर्ने विषयमा छलफल गर्ने सचिवालय बैठकको कार्यसूचीमा छ । बैठकमा जनसंगठन युवा र विद्यार्थी विभागका काम व्यवस्थापनका लागि कार्ययोजना पारित गरिने छ ।

पार्टीको यही साउन १६ र १७ गते स्थायी कमिटी, १८ र १९ गते पोलिटब्यूरो र २० र २१ गते केन्द्रीय कमिटी बैठक बोलाइएकामा प्राविधिक कारणले तयारी नपुगेको जनाउँदै ती बैठक स्थगित भएका छन्।



प्रतिक्रिया दिनुहोस !