५ जेष्ठ २०८१, शनिबार

बिहीवारकाे माैसमः सातै प्रदेशमा पानी पर्ने, कृषि कर्म र दैनिक जीवन प्रभावित हुने

प्रकाशित मिति :  3 August, 2023 7:24 am


काठमाडाैँ । आगामी २४ घण्टामा सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकाे जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ ।

विभागका अनुसार बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। 

कोशी प्रदेशको तराई भू-भाग र मधेश प्रदेशका थोरै स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको विभागकाे बुलेटिलमा उल्लेख छ ।

वर्षाका कारणा नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय र हावा हुरी जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा  हुन सक्ने भएकाले सचेत रहने अनुराेध गरिएकाे छ ।



प्रतिक्रिया दिनुहोस !