५ जेष्ठ २०८१, शनिबार

कौसी क्वीन–२०८० को लागि आवेदन खुल्याे

प्रकाशित मिति :  3 August, 2023 6:47 pm


काठमाडौँ । कौसी खेती प्रवद्र्धनकालागि चौथो ‘कौसी क्विन–२०८०’को आवेदन खुल्ला गरिएको छ । प्रज्ञान क्रियसन प्रालिद्वारा सञ्चालित हलोखबर डटकमले विगत तीन वर्षदेखि कौसी क्वीन प्रतियोगिताको आयोजना गर्दै आएको छ ।

कौसी खेती प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको प्रतियोगितामा सहभागी हुन इच्छुक महिलाले आफूले कौसी खेती गरिरहेको परिचयात्मक भिडियो पठाउनुपर्ने आयोजक हलोखबर डटकमले जनाएको छ ।

आयोजक संस्थाका अध्यक्ष मनोज श्रेष्ठकाअनुसार विजेताले कौसीमा ग्रीन हाउस उपहार पाउनेछन् । त्यसैगरि, क्यानडामा हुन लागेको कृषि अवार्डमा कौसी खेती विद्याबाट सिधै भाग लिन जान पाउनेछन् ।

कौसी खेतीलाई प्रवद्र्धन गर्ने उद्देश्यले आयाजना गरिएको यस प्रतियोगितामा भाग लिनकालागि कौसी खेती गर्दै गरेको कम्तीमा दश वटा फोटो र दश मिनेटसम्मको फोटो पठाउन संस्थाका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

फोटो र भिडियोहरु हलोखबर डटकमको इमेल आइडी [email protected] वा 9851030300 नम्बरमा वाट्सअपमार्फत पठाउन सकिने जनाइएको छ ।

सामाजिक संजाल र निर्णायकको तर्फबाट ५०–५० प्रतिशत नम्बरका आधारमा उत्कृष्टहरू छनोट हुनेछन् । प्रतियोगितामा सहभागी हुनकालागि कुनै शुल्क नलाग्ने प्रबन्धक श्रेष्ठले बताए । साथै सहभागी भएबापत एक हजार बराबरको कौसी खेतीका सामाग्रीहरु पाउनेछन् ।

सर्वोत्कृष्ट पुरस्कार अर्थात कौसी क्वीन हुनेले ३० हजार मूल्य बराबरको कौसीमा ग्रीन हाउस तथा फस्ट रनरअप, सेकेन्ड रनरअप र थर्ड रनरअप हुनेले क्रमशः २०, १५ र १० हजार रुपैँया बराबरको कौसी खेतीमा आवश्यस सामाग्रीहरू आयाेजकले जनाएकाे छ ।

प्रतियोगी छनोटका लागि हलोखबर डटकमको फेसबुक पेजमा पोस्ट गरिएका आफ्नो फोटोमा प्रतियोगीले धेरैभन्दा धेरै लाइक, कमेन्ट, सेयर र ट्याग गर्ने र गर्न लगाउनुपर्ने हुन्छ ।

अध्यक्ष श्रेष्ठकाअनुसार सामाजिक संजालमा शेयर गर्नुको मूख्य उद्देश्य भनेको धेरैभन्दा धेरैले यो कुराको जानकारी पाउन र अरुले पनि सिकुन भन्ने हो । आवदेनकालागि भदौ १५ गतेसम्म सयम तोकिएको छ भने भदौ मसान्तसम्ममा भोटिगं हुनेछ भने पुरस्कार वितरण भने असाेज तेश्रो साता हुने आयोजकले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस !