१२ श्रावण २०८१, शनिबार

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीका नेता एकीकृत पार्टी दर्ताका लागि निर्वाचन आयोगमा

प्रकाशित मिति :  23 April, 2020 11:00 am


काठमाडौं, ११ वैशाख । 

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीले एकीकृत पार्टी दर्ताका लागि निर्वाचन आयोग पुगेका छन् । नयाँ दल दर्ताका लागि निवेदन दिन दुबै दलका नेता निर्वाचन आयोगमा पुगेका हुन् । समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले आफूहरु निर्वाचन आयोगमा आएको र प्रकृया चलिरहेको जानकारी लिए ।

समाजवादी फुटाउने निर्णय र राष्ट्रिय जनता पार्टी पनि फुट्ने खतरा देखिएपछि दुबै दलले हिजो अबेर दुबै पार्टी एकीकरण गर्ने निर्णय गर्दै सहमति पत्रमा हस्ताक्षर गरेका थिए ।

समाजवादी पार्टी नेतृ रेणु यादवको नेतृत्वमा पार्टी फुटाउने निर्णय भएपनि अन्तिम समयमा अफ्ठेरो देखिएको छ । पूर्व राज्यमन्त्री सुरेन्द्र यादवले साथ नदिएपछि यादव नेतृत्वमा नयाँ पार्टी गठन संकटमा परेको हो ।

दल गठन गरेपछि निर्वाचन आयोगमा पहिले र त्यसपछि सभामुखलाई जानकारी गराउनुपर्छ । दल दर्ताका लागि १० बजेलगत्तै समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीका नेता एकिकृत दल दर्ताका लागि निर्वाचन आयोगमा पुगेका हुन् ।



प्रतिक्रिया दिनुहोस !