५ जेष्ठ २०८१, शनिबार

राप्तीकाे शंकर सामुदायिक वन क्षेत्रमा १२ सय आँप र अम्बाका विरूवा राेपियाे

प्रकाशित मिति :  6 August, 2023 8:44 am


दाङ । दाङकाे राप्ती गाउँपालिकाको आयोजनामा वडा नं.८ कहलुवा स्थित शंकर सामुदायिक वन क्षेत्रकाे ५ बिघा भन्दा बढी क्षेत्रफलमा आँप तथा अम्बा जातका करिब १२ सय बिरुवा राेपिएकाे छ।

शनिबार पालिका अध्यक्ष प्रकाश विष्ट लगायतकाे टाेलीले सामुदायिक वन, प्रहरी र स्थानीय जनतासँगकाे सहकार्यमा खाली रहेकाे वन क्षेत्रमा वृक्षाराेपण गरेकाे हाे । 

खाली रहेको वन क्षेत्रलाई सदुपयोग गर्दै पालिकालाई फलफूलमा आत्मनिर्भर बनाउने र स्थानीय स्तरमै युवाहरूलाई राेजगारीकाे सिर्जना गर्ने उदेश्यले साे क्षेत्रमा फलफूलको बिरुवा राेपिएकाे अध्यक्ष विष्टले बताए।



प्रतिक्रिया दिनुहोस !