६ जेष्ठ २०८१, आइतबार

उपत्यकामा बिहानैदेखि भारी वर्षा, बस्ती पस्न थाल्याे धाेबीखाेला 

प्रकाशित मिति :  8 August, 2023 7:49 am


काठमाडाैँ । काठमाडाैँ उपत्यकामा बिहानैदेखि भारी वर्षा भइरहेकाे छ । वर्षा बढ्दै जाँदा उपत्यका भित्रका खाेला तथा नदीमा जलतह उच्च भइहरेकाे छ । 

अनामनगर क्षेत्रमा धाेबी खाेला छचल्किएर सडक हुँदै बस्तीतिर जान थालेकाे छ । सतर्क रहन जल तथा माैसम विज्ञान विभागले अलर्ट जारी गरेकाे छ । उपत्यकाको बुढानिलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपास भारी बर्षा भएको छ। 

“विष्णुमती,धोविखोला,मनोहरा लगायतमा जलसतह बढ्दो छ र सतर्कता पुगेकोले नदी तटीय क्षेत्रहरूमा रहनेहरू र नदी किनारको सडकबाट यात्रा गर्नेहरूले बिहान ११ बजे सम्म उच्च सतर्कता अपनाऔँ,” विभागकाे बाढी पूर्वानुमान महाशाखाले भनेकाे छ ।



प्रतिक्रिया दिनुहोस !