५ जेष्ठ २०८१, शनिबार

अर्घाखाँचीमा २९ सय पशुमा लम्पी स्किनको खोप लगाइयो

प्रकाशित मिति :  8 August, 2023 6:35 pm



अनिल नेपाली
अर्घाखाँची । अर्घाखाँचीमा २९ सय पशुमा लम्पी स्किन विरुद्धको खोप लगाइएको छ ।

रोगको रोकथाम तथा उपचारको लागि प्रदेश सरकारको समन्वयमा अर्घाखाँची जिल्लामा बिगत केही दिनदेखि पशुमा उक्त प्रकारको खोप लगाउन सुरु गरिएको हो ।

अर्घाखाँचीमा सन्धिखर्क नगरपालिकामा १४ सय ७७ पशुमा र भुमिकास्थान नगरपालिकामा १ सय ९५ पशुमा र मालारानी गाँउपालिकामा १६८ पशुमा शितगंगा नगरपालिकमा ६ सय ९४ र पाणिनी गाँउपालिकामा ३ सय पशुमा गरी २८३४ वटा पशुमा खोप लगाइएको छ ।

छत्रदेव गाँउपालिकाले आफ्नै समन्वयमा गाँउपालिकाले खोप लगाएको छ ।

अर्घाखाँची जिल्लामा पछिल्लो समय पशुमा लम्पी स्किन डढेलोसरी फैलिएता पनि हाल नियन्त्रणमा आएको भेटनरी अस्पताल तथा पशु सेबा विज्ञ केन्द्र अर्घाखाँचीले जनाएको छ ।

जिल्लाको सन्धिखर्क नगरपालिकामा ६४५, भुमिकास्थान नगरपालिकामा १२ सय ६५ पशुमा र शितगंगा नगरपालिकामा ३ हजार , छत्रदेव गाँउपालिकामा ४ सय १६ पशुमा र मालारानी गाँउपालिकामा ५ सय ६५ पशुमा र पाणिनी गाँउपालिकामा १२ सय गरी ७ हजार ९१ पशुमा संक्रमण देखिएकोमा २ सय १६ पशुको मुत्यु भएको पशु सेवा विज्ञ केन्द्र अर्घाखाँचीले जनाएको छ ।

विज्ञ केन्द्रका अनुसार सन्धिखर्क नगरपालिकामा ४४ वटा पशु र भुमिकास्थान नगरपालिकामा २८ वटा पशु , शितगंगा नगरपालिकामा ३० छत्रदेव गाँउपालिकामा ५ मालारानी गाँउपालिकामा ३६ र पाणिनी गाँउपालिकामा ७३ वटा पशु गरी २१६ वटा पशु मरेको विज्ञ केन्द्र अर्घाखाँचीका कार्यालय प्रमुख विष्णु पौडेलले जानकारी दिए ।

पौडेलले भने,“लम्पी नयाँ रोग हो रोगको संक्रमण नियन्त्रण गर्न आवश्यक खोप समेत लगाइएको छ ।”

लम्पीको संक्रमण देखिएपछि पशु चौपायाको शरीरमा घाउ, फोका आउने, खुट्टा सुनिने गर्छ।

दूध घट्ने र घाँसपात राम्ररी नखानेजस्ता समस्या देखिने उनको भनाई थियो। भेटेरेनरी अस्पतालले पशु चौपायामा पूर्ण खोप अभियान चलाएर रोग नियन्त्रणमा आएको बताउदै लम्पी स्किन सरुवा रोग भएको बताए । संक्रमित पशुलाई माखा वा लामखुट्टेले टोकेर अन्य पशुलाई टोके लम्पी स्किन सर्छ।

लम्पी लागेपछि उपचार नपाए चौपाया बढीमा १५ दिनभित्र मर्ने उनले बताए । पशु प्राविधिक योगेन्द्र मरासिनीका अनुसार पशुमा देखिएको यो एकप्रकारको भाइरस हो। जुन सरुवा रोग हो। यो रोग भैंसी भन्दा पनि गाईगोरुमा बढी देखिन्छ ।



प्रतिक्रिया दिनुहोस !