५ जेष्ठ २०८१, शनिबार

बुधवार देशैभरी हल्का पानी पर्ने,  चार प्रदेशमा भारी वर्षा हुने, पूर्वी तराइमा हावाहुरीकाे सम्भावना

प्रकाशित मिति :  9 August, 2023 7:36 am


फाइल फाेटाे

काठमाडाैँ । देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी प्रदेश र मधेश प्रदेशका थोरै स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ। 

नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय तथा हावा हुरी जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले अनुराेध गरेकाेछ । 



प्रतिक्रिया दिनुहोस !