१२ श्रावण २०८१, शनिबार

प्रधानमन्त्री ओलीद्धारा कतारका प्रधानमन्त्रीसँग टेलिफोन संवाद, नेपाली श्रमिकको सुरक्षाबारे चासो

प्रकाशित मिति :  23 April, 2020 6:59 pm


काठमाडाैं, ११ वैशाख । 

प्रधानमन्त्री केपी शर्मा ओलीले कतारका समकक्षीसँग फोन संवाद गरेका छन् ।

आज बेलुकी कतारका प्रधानमन्त्रीसँग फोन संवाद गरेर नेपालीहरुको सुरक्षा र कल्याणकोबारेमा चासो राखेको प्रधानमन्त्रीले समाजिक सञ्जाल मार्फत जानकारी गराएका छन् ।

उनले भनेका छन्,‘आज साँझ मैले कतारका प्रधानमन्त्रीसँग फोन संवाद गरें। मैले त्यहाँ रहेका नेपालीको सुरक्षा र कल्याणका बारेमा चासो राखें।’

कुराकानीका क्रममा कतारका प्रधानमन्त्रीले कतारमा रहेका नेपालीबारे चिन्ता नलिन आग्रह गरेको प्रधानमन्त्री ओलीले बताएका छन् । प्रधानमन्त्री ओलीले भनेका छन्,‘कतारका प्रधानमन्त्रीले त्यहाँ रहेका नेपालीको बारेमा चिन्ता नलिन आग्रह गर्नुभयो।’

प्रधानमन्त्री ओलीले विभिन्न आरोपमा गिरफ्तार १७ नेपालीको रिहाईप्रति खुशी आफूले खुशी व्यक्त गर्दै धन्यवाद व्यक्त गरेको जानकारी दिएका छन् ।

कतार नेपालीहरुका लागि बैदेशिक रोजगारीको प्रमुख गन्तब्य मध्य एक हो । कोराना भाइरसपछि रोजगारीको समस्या सिर्जना हुन थालेको   छ । पछिल्लो समय प्रधानमन्त्री ओलीले विभिन्न देशका समकक्षीसँग टेलिफोन गर्दै नेपालीहरुका बारेमा चासो व्यक्त गर्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस !