२४ बैशाख २०८१, सोमबार

लम्पी स्किनबाट बागमतीमा ६ हजारभन्दा बढी पशुको मृत्यु, रोगविरुद्ध खोप अभियान सुरू

प्रकाशित मिति :  10 August, 2023 3:54 pm


सांकेतिक तस्बिर

काठमाडौँ । बागमती प्रदेशमा लम्पी स्किन रोगबाट २० लाभन्दा बढी पशुहरू प्रभावित भएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालय बागमती प्रदेश, हेटौँडाका अनुसार लम्पी स्किन रोगबाट बागमती प्रदेशका १३ जिल्लामा ६ हजार २९१ गाईभैंसीको मृत्यु भएको छ भने १ लाख १० हजार ४४० संक्रमित भएका छन् । रोगबाट १३ जिल्लाका २ लाख ४ हजार ९८८ पशु प्रभावित भएका हुन् ।

लम्पी स्किन रोगका कारण काभ्रेमा ६८१ गाईभैंसीको मृत्यु भएको छ । काभ्रेमा २७ हजार २९९ गाईभैंसी लम्पी स्किन रोगबाट संक्रमित भएका छन् भने ३० हजार ७४३ पशु प्रभावित भएका छन् ।

सिन्धुपाल्चोकमा लम्पी स्किन रोगबाट ८९६ गाईभैंसीको मृत्यु भएको छ भने १५ हजार १५२ संक्रमित भएका छन् । लम्पी स्किन रोगका कारण सिन्धुपाल्चोकमा २३ हजार १५७ पशु प्रभावित भएका छन् ।

यो रोगबाट दोलखामा ५९२ गाईभैंसीको मृत्यु भएको छ भने २० हजार ९५८ गाईभैंसी संक्रमित भएका छन् । रोगबाट दोलखामा ३३ हजार ६२४ पशु प्रभावित भएका छन् ।

लम्पी स्किन रोगबाट सिन्धुलीमा ६८६ गाईभैंसी मरेका छन् भने ६ हजार ८४१ संक्रमित भएका छन् । यो रोगबाट सिन्धुलीमा २४ हजार ९० पशु प्रभावित भएका छन् ।

रामेछापमा यो रोगबाट २२९ गाईभैंसीको मृत्यु भएको छ भने २ हजार ७०३ संक्रमित भएका छन् । रामेछापमा रोगबाट १४ हजार ३९१ पशु प्रभावित भएका छन् ।

मकवानपुरमा लम्पी स्किन रोगबाट ४४६ गाईभैंसीको मृत्यु भएको छ भने १३ हजार ५४५ संक्रमित भएका छन् । रोगबाट मकवानपुरमा १३ हजार ९९१ पशु प्रभावित भएका छन् । चितवनमा यो रोगबाट २४२ गाईभैंसीको मृत्यु भएको छ भने १ हजार २६९ संक्रमित भएका छन् । रोगबाट चितवनमा १० हजार ४४ पशु प्रभावित भएका छन् ।

यस्तै धादिङमा लम्पी स्किनबाट ६८५ गाईभैंसीको मृत्यु भएको छ भने ६ हजार ४५४ संक्रमित भएका छन् । रोगबाट सो जिल्लामा २४ हजार २१७ पशु प्रभावित बनेका छन् ।

यता नुवाकोटमा लम्पी स्किन रोगबाट ७७२ गाईभैंसीको मृत्यु भएको छ भने ५ हजार १८२ संक्रमित भएका छन् । रोगबाट सो जिल्लामा १४ हजार ८८२ पशु प्रभावित भएका छन् ।

रसुवामा यो रोगबाट १८० गाईभैंसीको मृत्यु भएको छ भने ६६५ संक्रमित भएका छन् । सो जिल्लामा रोगबाट २ हजार ११४ पशु प्रभावित भएका छन् ।

त्यस्तै काठमाडौँमा लम्पी स्किन रोगबाट ३८४ गाईभैंसीको मृत्यु भएको छ भने ३ हजार ७०३ संक्रमित छन् । रोगबाट सो जिल्लामा ५ हजार ३९ पशु प्रभावित भएका छन् । ललितपुरमा रोगबाट ३५३ गाईभैंसीको मृत्यु भएको छ भने ६५१ संक्रमित भएका छन् । रोगबाट सो जिल्लामा १ हजार ८८८ पशु प्रभावित भएका छन् ।

भक्तपुरमा यो रोगबाट ३५३ गाईभैंसीको मृत्यु भएको छ भने ६ हजार १८ संक्रमित भएका छन् । रोगबाट सो जिल्लामा ६ हजार ८०८ पशु प्रभावित भएका छन् ।

बागमती प्रदेशका विभिन्र जिल्लाहरूमा लम्पी स्किन राेग तीव्र रूपमा फैलिएपछि सरकारले आज (बिहीबार)बाट लम्पी स्किन रोगविरुद्धको सप्ताहव्यापी खोप अभियान सुरू गरेकाे छ । रोग विरुद्धको खोप तथा लजिस्टिक खरिदको लागि बजेट व्यवस्था गरेको र साउन २५ गतेदेखि ३१ गतेसम्म खोप सप्ताहाका रूपमा आयोजना गरिएको मन्त्रालयले जनाएको छ ।

सप्ताहव्यापी खोप अभियान सञ्चालनका लागि मन्त्रालयले ७५ लाख रुपैयाँ बजेट खर्चिने भएको छ । मन्त्रालयले सम्बन्धित विज्ञ केन्द्र मार्फत खोप खरिद, भ्याक्सिनेटरको पारिश्रमिक तथा सेवा सुविधा लगायतका लागि सो रकम खर्च गर्ने मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयका अनुसार पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले १० लाख रुपैयाँ, भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र ललितपुरबाट ९ लाख ७५ हजार रुपैयाँ, भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र मकवानपुरबाट ९ लाख ५० हजार रुपैयाँ, भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र काभ्रेबाट ९ लाख ७५ हजार रुपैयाँ, भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र धादिङबाट ५ लाख ७५ हजार रुपैयाँ, भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र दोलखाबाट ५ लाख ७५ हजार रुपैयाँ, भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र सिन्धुलीबाट ७ लाख ५० हजार रुपैयाँ, भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र चितवनबाट ९ लाख ५० हजार रुपैयाँ, भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र नुवाकोटबाट ७ लाख ५० हजार रुपैयाँ खोप अभियानमा खर्च गरिनेछ ।

बागमती प्रदेशमा पशुपालन तथा पशुजन्य उत्पादनको क्षेत्रमा गाई भैँसीपालको महत्वपूर्ण भूमिका रहेको छ । यस प्रदेशमा करिब १० लाख ९९ हजार ५६० गाईँ, ८ लाख ९६ हजार २१३ भैँसी रहेको छ भने वार्षिक दुध उत्पादन भने ४ लाख ५५ हजार १३१ मेट्रिक्टन हुने मन्त्रालयले जनाएकाे छ ।

यस खोप अभियानका क्रममा कम्तीमा पाँच हजार पशुमा खोप लगाउने लक्ष्य मन्त्रालयले राखेको छ।



प्रतिक्रिया दिनुहोस !