एमालेको अवरोधपछि प्रतिनिधिसभाको बैठक फेरि स्थगित
प्रकाशित मिति : 11 August, 2023 2:02 pm
काठमाडौँ । सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गर्दै प्रमुख प्रतिपक्ष एमालेले नाराबाजी गरेपछि शुक्रबार बसेको प्रतिनिधिसभा बैठक पनि अवरुद्ध भएको छ ।
बैठकको सुरूमै एमालेका सांसदहरूले अवरोध गरेपछि सत्तापक्षका सांसदहरूले पनि उठेर बोल्न नदिने रणनीति लिएका थिए । एमालेकी सांसद ज्वालाकुमारी साहलाई सभामुख देवराज घिमिरेले बोल्न समय दिएपछि सत्तापक्षका सांसदहरूले त्यसलाई अवरोध गर्ने रणनीतिका साथ उठेर बिरोध गरेका थिए । सत्तापक्षमा सांसदहरूले उठेपछि एमालेका सांसदहरूले वेल घेराउ गर्दै सरकार र सत्तापक्षबिरुद्ध नाराबाजी गरेका छन् ।
एमालेका सांसदहरूले नाराबाजी गरेपछि आज पनि प्रतिनिधि सभा बैठक स्थगित भएको छ । अवरोधपछि बैठक साउन २९ गतेसम्मका लागि स्थगित भएको छ ।








