७ पुस २०८२, सोमबार

संसद अवरुद्ध भएको दिनको सेवा सुविधा नलिने रास्वपाको घोषणा

प्रकाशित मिति :  11 August, 2023 3:05 pm


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले संसद अवरुद्ध भएको दिनको सेवा सुविधा नलिने घोषणा गरेका छन् ।

संसद भवनअघि आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका सभापति रवि लामिछानेले संसद अवरुद्ध भएको दिनको सेवा सुविधा नलिने जानकारी गराएका हुन् ।

उनले लोकतान्त्रिक विधि अपनाएर संसदीय अभ्यासभित्र रहेर संसद सञ्चालन गर्न सभामुख देवराज घिमिरेसँग आग्रह गरेको पनि बताए ।

उनले संसद नचलेको अवस्थामा कुनैपनि बेलामा हाजिरी मात्र गरेर तलव सुविधा लिनु उचित नरहेको ठानेर यसअघि अवरुद्ध भएको संसद बैठक र अब हुने संसद अवरुद्ध बैठकबाट आउने सेवासुविधा नलिने बताए ।

उनले भने,“ हामीले संसद नचलेको अवस्थामा कुनैपनि बेलामा हामीले हाजिरि मात्र गरेर तलव सुविधा लिनु हुँदैन भनेर हाम्रो दलको तर्फबाट संसद नचलेको दिनको पैसा नलिने र त्यो व्यवस्था गरिदिन आग्रह गरेका छाँै । काम नगर्दा नेपाली जनताले तिरेको करको पैसा लिनेकुरा स्वीकार्य छैन ।”

सभापति लामिछानेले सुन प्रकरणबारे आफूले गरेको संकेतलाई केलाएर हेर्ने हो भने नयाँ तथ्यहरू फेला पर्ने पनि बताए ।



प्रतिक्रिया दिनुहोस !