५ जेष्ठ २०८१, शनिबार

नीति बन्न नसक्दा कृषि क्षेत्रमा समस्या देखियो : मन्त्री भुसाल

प्रकाशित मिति :  11 August, 2023 3:33 pm


काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले कृषि नीति बन्न नसक्दा कृषि क्षेत्रमा समस्या देखिएको बताएका छन् ।

जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग आज कुरा गर्दै कृषिमन्त्री भुसालले अहिलेसम्म कृषि क्षेत्रका नीतिगत रुपमा देखिएको समस्यालाई समाधान गर्न कृषि नीति बनाउने तयारी गरेको मन्त्री भुसालले जानकारी दिए ।

उनले तराई मधेसमा केही समय यता देखिएको सुख्खाको कारणले मारमा परेका किसानहरूलाई बाढीले पुर्‍याएको क्षतीले थप समस्या बनाएको बताए ।

बाढीले किसानहरूलाई पुर्‍याएको क्षतीको लागि सरकारले सहयोग गर्ने विषयमा नीतिगत रूपमा छलफल गरिरहेको उनको भनाई थियो ।

मन्त्री भुसालले कृषि क्षेत्रको विकासमा सिंचाईको समस्या देखिएको बताउँदै यसमा सुधारको लागि सिंचाई मन्त्रालयसँग समन्वय गरी सिंचाईको समस्या समाधान गर्ने बताए ।

मन्त्री भुसालले अहिले विश्वव्यापी रूपमा आएको समस्याको कारणले खाद्य संकट आउन सक्ने अवस्था रहेको बताए । नेपाल सरकारले खाद्यसंकट आउन दिनको लागि सरकार सचेत रहेको उनको भनाई थियो ।

मन्त्री भुसालले ललिता निवास जग्गा प्रकरणमा पाटीका अध्यक्ष र गौर हत्या काण्डमा पीडितहरुसँग प्रधानमन्त्रीले गरेको सहमतिले गठबन्धनमा समस्या नआउने समेत स्पष्ट पारे ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको ललिता निवास जग्गा प्रकरणमा संलग्नताका विषयमा सत्यता नरहेको उनको भनाई थियो ।



प्रतिक्रिया दिनुहोस !