५ जेष्ठ २०८१, शनिबार

देशैभर हल्कादेखि मध्यम वर्षा हुने, केही स्थानमा भारी वर्षाकाे सम्भावना

प्रकाशित मिति :  12 August, 2023 7:49 am


काठमाडाैँ । शनिवार देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा माैसम विज्ञान विभागले जनाएकाेछ। 

कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थानहरू साथै बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी देखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ। 

वर्षाका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने जाेखिम रहेकाे विभागकाे बुलेटिनमा जनाइएकाे छ। 

“जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ,” बुलेटिनमा भनिएकाे छ।



प्रतिक्रिया दिनुहोस !