१२ श्रावण २०८१, शनिबार

कोरोना: अमेरीकामा ज्यान गुमाउनेको संख्या ५० हजार नजिक

प्रकाशित मिति :  24 April, 2020 8:19 am


एजेन्सी, १२ वैशाख ।

कोरोना भाइरसबाट मृत्यु हुने र संक्रमित हुनेको संख्या हरेक दिन बढीरहेको छ । विश्वभर १ लाख ९० हजार भन्दा धेरैको मृत्यु हुँदा अमेरीकामा मात्रै झण्डै ५० हजारको ज्यान गएको छ ।

पछिल्लो तथ्याङक अनुसार विश्भर १ लाख ९० हजार ७ सय ४३ जनाको मृत्यु भएको छ जबकी अमेरीका मात्रै ४९ हजार ८ सय ६१ जनाको मृत्यु भएको छ ।

विश्वभर संक्रमितको संख्या २७ लाख ७७ जार ३ सय ५६ पुग्दा अमेरीकामा मात्रै ८ लाख ६८ हजार ३ सय ९५ जनामा संक्रमण भएको छ ।

इटलीमा २५ हजार ५ सय ४९, स्पेनमा २२ हजार १ सय ५७, फ्रान्समा २१ ह्जार ८ सय ५६, बेलायतमा १८ हजार ७ सय ३८ जनाको मृत्यु भइसकेको छ ।

छिमेकी मुलुक भारतमा २३ हजार ३९ जना संक्रमित भेटिएका छन् भने ७ सय २१ जनाको मृत्यु भएको छ ।

यसैबीच, अमेरीकाले ४ सय ८४ अर्ब डलरको कोरोना सम्बन्धि नयाँ राहत प्याकेजका लागि कानुन पारित गरेको छ । राहत प्याकेजको उद्देश्य साना व्यवसायीलाई ऋण दिने र अस्पतालहरुलाई कोरोना भाइरससँग जुध्नका लागि आर्थिक सहयोग उपलब्ध गराउनु रहेको छ ।

अमेरीकाले यसअघि पनि राहत प्याकेजको घोषणा गरिसकेको छ ।

यस्तै युरोपियन युनियन संघका नेताहरुबीच कोरोना भाइरसका कारण देखिएको नयाँ संकटसँग जुध्न आपतकालीन कोष स्थापना गर्न सहमत भएका छन् ।

भिडियो सम्मेलन गरेर उनीहरुले ५ सय ७५ अर्बको डलर सहायता राशीको कोष स्थापना गर्न कोष स्थापना गर्न सहमत भएका हुन् ।
कोष युरोपका कर्मचारी तथा व्यापार उद्योगको सहायताको लागि प्रयोग हुने अन्तराष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस !