२२ बैशाख २०८१, शनिबार

आइतवारकाे माैसमः देशैभर पानी पर्ने, सुदूरपश्चिमका केही स्थानमा अति भारी वर्षा हुने

प्रकाशित मिति :  13 August, 2023 7:23 am


फाइल फाेटाे

काठमाडाैँ । आइतवार पनि देशभर पानी पर्ने सम्भावना रहेकाे जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ । देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकाे हाे । 

आइतवार दिउँसाे कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै साथै  मधेश प्रदेशको एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी देखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको विभागकाे बुलेटिनमा उल्लेख छ। 

रातमा पनि देशका अधिकांश स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी देखि धेरै भारी वर्षा को समेत सम्भावना रहेको जनाइएकाे छ। 

सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा अति भारी बर्षाको समेत सम्भावना रहेकाे छ। 

नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुराेध गरिएकाे छ। 



प्रतिक्रिया दिनुहोस !