१२ श्रावण २०८१, शनिबार

विप्लव नेतृत्व नेकपाका केन्द्रीय सदस्य सुवास र रोल्पा इन्चार्ज सुवेदीसहित तीन जना रिहा

प्रकाशित मिति :  24 April, 2020 10:21 am


काठमाण्डौं, १२ वैशाख ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा तत्कालिन राप्ती ब्यूरो इन्चार्ज केशव बहादुर बाँठा मगर ‘सुवास’सहित ३ जना रिहा भएका छन् ।

बिहीबार बन्दी प्रत्यक्षीकरणको रिटमाथी सुनुवाई गर्दै सर्वोच्च अदालतले छोड्न आदेश दिएपछि चारै जना रिहा भएका छन्। चारैजना नेपालगञ्जबाट हिजो   रिहा भएका हुन् ।

रिहा हुनेमा सुवाससहित पार्टीकै रोल्पा जिल्ला इन्चार्ज सन्तोष सुवेदी ‘प्रयास’ र पोष्टमान घर्तीमगर रहेका छन् ।

न्यायधिसद्वय दिपक कुमार कार्की र इश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले तीनै जनालाई गैरकानुनी थुनामा राखिएको भन्दै रिहा गर्न आदेश दिएको थियो ।

तीनै जना नेताहरु गत वर्षको असोज ३० गते नेपाल–भारत सीमा नाका अन्तर्गत दाङको राजपुर गाउँपालिका– ४ को मुंग्रेठाबाट राप्ती ब्यूरो बैठकस्थलबाट प्रहरीले पक्राउ गरेको थियो ।

यसअघि गतवर्षको पुस ७ गते जिल्ला अदालत दाङले धरौटीमा रिहा गर्न आदेश दिएपनि धरौटी नबुझाएको भन्दै कारागार चलान भएका ३ जना यहि वैशाख १ गते धरौटी बुझाएर रिहा हुन खोज्दा प्रहरीले पुनः पक्राउ गरी नेपालगन्ज लगेको थियो ।

 



प्रतिक्रिया दिनुहोस !