२४ बैशाख २०८१, सोमबार

मन्त्रिपरिषदको बैठक बस्दै, अध्यादेशबारे छलफल हुने

प्रकाशित मिति :  24 April, 2020 11:40 am


कठमाडौं, १२ वैशाख ।  आजको बैठकमा ती अध्यादेश फिर्ता गर्ने निर्णय पनि हुनसक्ने बताइएको छ। अध्यादेश फिर्ता गर्ने निर्णय भएमा सरकारले राष्ट्रपति समक्ष अध्यादेश फिर्ताका लागि सिफारिस गर्नेछ । सरकारको सिफारिसमा त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीबाट अध्यादेश फिर्ता हुनेछ ।

बिहीबार भैसेपाटीस्थित उपाध्यक्ष वामदेव गौतमको निवासमा भएको नेकपा अध्यक्ष पुष्पकमल दाहालसहितका ६ जना सचिवालय सदस्यको भेलाले सरकारले जारी गरिएका अध्यादेश फिर्ता गर्नुपर्नेसँगै सचिवालय तथा केन्द्रिय कमिटीको बैठक गर्नुपर्ने निर्कर्ष निकालेको थियो।

साथै बैठकमा कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि चैत ११ गते देखि जारी गरेको लकडाउनको विषयमा पनि छलफल हुने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस !