२२ बैशाख २०८१, शनिबार

लम्पी स्किन रोगबाट मरेका पशुहरूको क्षतिपूर्ति दिन सक्दैनौंः कृषिमन्त्री भुसाल

प्रकाशित मिति :  17 August, 2023 5:18 pm


काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा। वेदुराम भुसालले सरकारले लम्पी स्किन रोगबाट मरेका पशुहरूको क्षतिपूर्ति दिन नसक्ने बताएका छन् ।

बिहीबार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा कृषिमन्त्री भुसालले लम्पी स्किनबाट मृत्यु भएका पशुहरूको क्षतिपूर्ति दिन नसकिने बताएका हुन् ।

उनले लम्पि स्किन रोग लागेर पशुहरूको मृत्यु भएपश्चात किसानहरूलाई ठूलो क्षति भएपनि त्यसको सम्पूर्ण क्षतिपूर्ति दिनभने नसकिने बताए । यद्यपी सरकारको तर्फबट किसानहरूलाई राहत दिने गरी कार्यविधि बनिरहेको उनकाे भनाइ छ । उनले सरकारको तर्फबाट राहत उपलब्ध गराउन आधार, मापदण्ड र कार्यविधि लगायतका प्रकृयालाई अगाडि बढाइएको जानकारी दिए ।

उनले लम्पी स्किनबाट अहिलेसम्म १३ लाख पाँच हजार ३६१ पशुु संक्रमित भएको बताए । मन्त्री भुषालले चैतदेखि हालसम्म ४७ हजार ६४९ पशुको मृत्यु भएको जानकारी दिँदै एक लाख ७५ हजार ५५३ पशु अहिले पनि संक्रमित रहेको बताए ।

मन्त्री भुसालले सरकारले सबै प्रदेशमा पशुलाई लाग्ने रोग लम्पी स्किनबिरुद्ध उपचार, लक्षण लगायतका विषयमा सचेतना दिइरहेका कारण मृत्युदर घटेको बताए ।



प्रतिक्रिया दिनुहोस !