१२ श्रावण २०८१, शनिबार

पहिलाे पटक गहुँकाे समर्थन मूल्य ताेकियाे, अब गहुँ नबिके सरकारले किन्छ

प्रकाशित मिति :  24 April, 2020 3:52 pm


काठमाडाैं, १२ वैशाख ।

सरकारले पहिलाे पटक गहुँकाे समर्थन मूल्य ताेकेकाे छ । शुक्रबार सरकारले गहुँकाे समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार १५ रुपैयाँ तोकेको हाे ।

शुक्रबार बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले ताेकेकाे मूल्य भन्दा बढीमा किसानले गहुँ वेच्न नसके सरकारले खरिद गर्ने गरि मूल्य ताेकेकाे छ ।

यसअघि आर्थिक  वर्ष ०७४/७५ मा पनि कृषि तथा पशुपंक्षि विकास मन्त्रालयले गहुँकाे समर्थन मूल्य सिफारिस गरेकाे थियाे । तर, मन्त्रीपरिषद्सम्म पुगेकाे थिएन ।

गत वर्ष भने मन्त्रालयले सिफारिस पनि गरेकाे थिएन । कृषिकाे सिफारिसमा वाणिज्य र अर्थले अनुमति दिएपछि मात्र मन्त्रिपरिषदबाट समर्थन मूल्य ताेक्ने प्रावधानछ । याे वर्षकाे बजेट भाषणमा पनि विभिन्न बालीमा समर्थन मूल्य ताेक्ने उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !