१२ श्रावण २०८१, शनिबार

विवादित अध्यादेश फिर्ता लगत्तै कांग्रेस सभापति देउवा प्रधानमन्त्री भेट्न बालुवाटारमा

प्रकाशित मिति :  24 April, 2020 4:14 pm


प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटारमा छलफलका क्रममा । फोटोः प्रधानमन्त्रीको सचिवालय

काठमाण्डौं, १२ वैशाख ।

विवादित अध्यादेश फिर्ता भएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी दलका नेता शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री ओलीलाई भेट्न देउवा प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । कांग्रेस सभापति एवं विपक्षी दलका नेता देउवा अपरान्ह पौने चारबजे प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन् ।

अध्यादेश ल्याएपछि कांग्रेसले चर्को विरोध गरेको थियो ।

अध्यादेश फिर्ता गरेपछि पनि कांग्रेसले पछिल्ला गतिविधिमा संलग्नलाई कारवाही गर्न माग गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै अध्यादेश फिर्ता गर्दैमा अपराधलाई उन्मुक्ति दिन नमिल्ने जिकिर गरेको छ ।

प्रवक्ता शर्माले निकालेको विज्ञप्तिमा भनिएको छ,‘ अध्यादेश फिर्ता भएपनि यो प्रकरणसँग गासिएको अपहरण शैलीमा समाजवादी पार्टीका एक सांसदलाई काठमाण्डौं ल्याइएको घटनाका दोषीलाई बालुवाटारको जग्गा फिर्ता गर्दा माफी दिईएको शैलिमा झैं विवादास्पद ढंगले उन्मुक्ति दिन मिल्दैन ।’

कांग्रेसले यो गम्भीर प्रश्नमा हस्तक्षेपमुक्त गहिरो अनुसन्धान र जो कोहीको संलग्नता रहेपनि ईमान्दार कानूनी कारर्वाहीका लागि अपिल गरेको  छ ।



प्रतिक्रिया दिनुहोस !