२२ बैशाख २०८१, शनिबार

अझै तीन दिन पानी पर्ने, यस्ताे छ माैसम पूर्मानुमान बुलेटिन

प्रकाशित मिति :  22 August, 2023 7:04 am


काठमाडाैँ । मंगलवारदेखि अझै तीन दिन पानी पर्ने देखिएकाे छ । जल तथा माैसम पू्र्मानुमान विभागले प्रकाशित गरेकाे माैसम पूर्मानुमान बुलेटिन अनुसार देशभर हल्का, मध्यम र भारी वर्षाकाेसमेत सम्भाावना छ । 

विभागका अनुसार मंगलवार देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

कोशी, मधेश र गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी देखि  धेरै भारी वर्षाको  सम्भावना रहेको विभागले जनाएकाे छ ।

वर्षा हुने क्षेत्रहरूमा नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुराेध गरिएकाे छ ।

यस्ताे छ तीन दिनकाे माैसम पूर्मानुमान बुलेटिनः

२०८० भदौ ०५ गते (मंगलबार)

दिउँसो: देशभर सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी  र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षा र एक-दुई स्थानमा धेरै भारी वर्षाको  समेत सम्भावना रहेको छ।

राती: देशभर सामान्य बदली रहनेछ। कोशी, मधेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

२०८० भदौ ०६ गते (बुधबार)

दिउँसो: देशभर सामान्य बदली रहनेछ। कोशी र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी , गण्डकी  र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

राती: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। कोशी, मधेश, बागमती , गण्डकी र लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।

२०८० भदौ ०७ गते (बिहिबार)

दिउँसो: देशभर सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी , गण्डकी, लुम्बिनी र सुदूर पश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

राती: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। कोशी, बागमती , गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।



प्रतिक्रिया दिनुहोस !