२२ बैशाख २०८१, शनिबार

भदौ १ गतेसम्म देशभर ९२ प्रतिशत रोपाइँ,मधेस प्रदेशमा सबैभन्दा कम

प्रकाशित मिति :  22 August, 2023 11:27 am


काठमाडौँ । समयमा प्रयााप्त वर्षा नहुदा वर्षायाम सकिन लाग्दासमेत देशभरका अधिकांश प्रदेशमा धान रोपाइ प्रभावित भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हिजाे (सोमबार) सार्वजनिक गरेको भदौ १ गतेसम्मको तथ्याङ्‍कअनुसार देशभर ९२ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ । जुन गत वर्षको साउन अन्तिमको भन्दा ३ प्रतिशतले कम हो ।

मन्त्रालयका अनुसार कोशी प्रदेशमा ९७ प्रतिशत, मधेस प्रदेशमा ८२ प्रतिशत, वाग्मती प्रदेशमा ९३ प्रतिशत, गण्डकी प्रदेशमा ९४ प्रतिशत, लुम्बिनी प्रदेशमा ९५ प्रतिशत, कर्णाली प्रदेशमा ९९ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा पनि ९९ प्रतिशत नै रोपाइँ सकिएको छ । त्योसँगै अहिलेसम्म १४ लाख ८८ हजार ४९ हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ सकिएको छ ।

गत वर्ष यही समयमा देशभर ९५ प्रतिशत भूभागमा रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !