सीआईबीले ललिता निवास प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकीलको कार्यालयमा बुझायो
काठमाडौं । ललिता निवास प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अनुसन्धान प्रतिवेदन काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयलाई पठाएको छ ।
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा अनुसन्धान सकेर आज (मंगलबार) बिहान सीआईबीले प्रतिवेदन बुझाएको जिल्ला सरकारी वकील कार्यालयका सहमान्यायधीवक्ता अच्यूयुतमणी नेउपानेले जानकारी दिए ।
सहमान्यायधीवक्ता नेउपाने भने ‘ कार्यालयमा फाइल बिहान आइपुगेको छ, अब हामी अध्ययन गरेर अभियोग दायरबारे निर्णय गर्छौं ।’
सीआईबीले असार १२ गते भाटबटेनी सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीर शाहलगायत २३ जनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो।
तीमध्ये ५ जना अदालतको आदेशले रिहा भए भने १८ जना हिरासतमा छन्। यो प्रकरणमा सीआईबीले दुई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा= बाबुराम भट्टराई, पूर्वमन्त्रीहरु चन्द्रदेव जोशी, विजयकुमार गच्छदार, सञ्जय साह, पूर्व मुख्यसचिव लिलामणि पौडेलसँग पनि बयान लिएको छ।
सीआईबीले गरेको अनुसन्धानमा २०४९ देखि २०७० सालसम्म पाँच पटक गरी बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको खुलेको छ ।








