२० मंसिर २०८२, शनिबार

सत्तापक्षले ध्यान नदिँदा संसद् बैठक अझै सुचारु हुन सकेन : देवेन्द्र दाहाल

प्रकाशित मिति :  22 August, 2023 4:41 pm


काठमाडौँ । राष्ट्रियसभाका एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले सत्तापक्षकै कारण संसद् बैठक अझै खुल्ने सुनिश्चित नभएको बताएका छन् ।

नेता दाहालले सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति बनाउने विषय सत्तापक्षकै कारण अझै निर्णयमा पुगिनसकेकाले संसद् बैठक सुचारु हुने कुरा सुनिश्चित नभएको जिकिर गरे ।

मंगलबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले प्रतिपक्षलाई सत्तोसराप गर्ने काम नगर्न पनि सरकार र सत्तापक्षलाई आग्रह गरे । समयमा आफ्नो काम नगर्ने तर प्रतिपक्षलाई सराप्ने काम सत्तापक्षले गर्न नहुने नेता दाहालको भनाई थियो ।

नेता दाहालले सरकारले समयमै ध्यान नदिँदा राष्ट्रिय महत्वका हरेक सवालहरु ओझेलमा पर्ने गरेको बताए । बाढी, पहिरोलगायतका पीडितलाई समेत सरकारले समयमै राहत दिन नसकेकोमा उनको आपत्ति थियो ।



प्रतिक्रिया दिनुहोस !