१८ बैशाख २०८१, मंगलबार

‘मिस नेवाः नेपाल’को उपाधि सकिना महर्जनलाई

प्रकाशित मिति :  23 August, 2023 9:57 am


काठमाडौँ । नेवार समुदायका युवतीबीचको सौन्दर्य प्रतियोगिता ‘मिस नेवाः नेपाल’को उपाधि सकिना महर्जनले जितेकी छन् ।

कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको फिनालेमा मिस नेवाः नेपालको उपाधि सकिनाले हात पारेकी हुन ।

१७ युवतीबीच भएको १७ औँ संस्करणको मिस नेवाः नेपालअन्तर्गत, फस्र्ट रनरअपको उपाधि ऋषिदा श्रेष्ठ र सेकेण्ड रनरअपको उपाधि मिनाशा महर्जनले जितेकी हुन ।

नेप्लिज फेसन होमको आयोजनामा नेवार समुदायका युवतीबीचको सौन्दर्य प्रतियोगिता ‘मिस नेवाः नेपाल’को कार्यक्रम भएको थियो ।



प्रतिक्रिया दिनुहोस !