१२ श्रावण २०८१, शनिबार

प्रधानमन्त्री र कांग्रेस सभापति देउवाको भेट, कोरोनाको जोखिमसँग लडिरहँदा अब बिवादका कुनै कुरा नल्याउन आग्रह

प्रकाशित मिति :  24 April, 2020 6:59 pm


छलफलका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा । फोटोः प्रधानमन्त्रीको सचिवालय

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाको जोखिमसँग लडिरहँदा अब बिवादका कुनै कुरा नल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री निवास वालुवाटारमा आज भएको भेटमा देउवाले अध्यादेश खारेज भइसकेको र अब फेरी विवादका कुरा नल्याउन आग्रह गरेका हुन् ।

भेटपछि मुख्य सचिव कृष्णप्रसाद पौडेलले निकालेको विज्ञप्तिमा भनिएको छ,‘सभापति देउवाले कोरोनाको जोमिसँग लडिरहँदा अब बिवादका कुनै कुरा नल्याउन तपाईंलाई मेरो सुझाव छ, भनेर प्रधानमन्त्तीलाई थप सजग पनि गराउनुभएको छ ।’

दुबै अध्यादेश फिर्ता लिएर गल्ती सच्चाएको भन्दै सभापति देउवाले प्रधानमन्त्रीलाई धन्यवादपनि दिएका छन् । तर, एक सांसदलाई अपहण शैलीमा काठमाण्डौं ल्याउन संलग्न हुनेलाई कारवाही गर्न पनि देउवाले सुझाव दिएका छन् ।

देउवाको भनाई उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ,‘दुबै अध्यादेश फिर्ता लिएर गल्ती सच्याउनु भयो, त्यसका लागि धन्यवाद छ । तर एक सांसदलाई अपहरण शैलीमा काठमाडौं ल्याउन जो संलग्न छन्, तिनलाई कार्वाही गर्नुपर्ने माग देशभरी उठेको छ । मेरो माग यहि छ । देशमा कानूनी राज्य छ भने निष्पक्ष अनुसन्धान र कार्वाही हुनुपर्छ ।’

छलफलका क्रममा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रस सभापति शेरबहादुर देउवा । फोटोः प्रधानमन्त्रीको सचिवालय

भेटमा सभापति देउवाले कोरोना भाइरसको व्यापक परीक्षण अहिलेको आवश्यकता भन्दै समुदाय स्तरमा व्यापक परीक्षणमा ढिलो नगर्न सुझावसमेत दिएका छन् ।

उनले स्वास्थ्यकर्मीहरुर्ला पीपीई लगायतका सामाग्री अझै प्रयाप्त नपुगेको भन्दै यथासिघ्र पु¥याउन प्रधानमन्त्रीको ध्याकर्षण गराएका छन् ।

सरकारले राजनीतिक दल र संबैधानिक परिषद्सम्बन्धि अध्यादेश ल्याएर व्यापक विवाद भएपछि आजै सरकारले फिर्ता लिने निर्णय गरेको थियो ।

आज बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश खारेज गर्न आग्रह गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आजै अध्यादेश खारेज गरेकी छन् । अध्यादेश खारेज लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले सभापति देउवाले भेटका लागि बोलाएका थिए ।

भेटमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपनि सहभागि भएका थिए ।



प्रतिक्रिया दिनुहोस !