मन्त्रालय तानिए अध्यागमन विभागका महानिर्देशक झलकमान अधिकारी
प्रकाशित मिति : 24 August, 2023 2:49 pm
काठमाडौं । गृहमन्त्रालयले अध्यागमन विभागका महानिर्देशक झलकमान अधिकारीलाई छानबिनका लागि मन्त्रालय तानेको छ ।
सुन तस्करीमा संलग्न भनिएका चिनियाँ नागरिक दावा छिरिङसँग जोडिएर सार्वजनिक रुपमा प्रश्न उठेपछि अधिकारीलाई मन्त्रालयमा तानिएको हो ।
दावासँगको सम्बन्ध र सुन तस्करीमा उनको संलग्नताबारे अब उनीमाथि जगेडामा राखेर छानबिन हुने बताइएको छ ।
अधिकारीले चिनियाँ नागरिक दावासँग पटक पटक सम्पर्कमा रहेर कुरा गरेको म्यासेजसहितका विवरण केही दिनयता सार्वजनिक भइरहेका थिए।








