६ पुस २०८२, आइतबार

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर गरिने

प्रकाशित मिति :  29 August, 2023 8:08 am


फाइल फाेटाे।

काठमाडौँ । आज प्रतिनिधिसभा बैठक बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहान ११ बजे बैठक बोलाइएको छ ।

संसद् सचिवालयले जारी गरेको कार्यसूची अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नोत्तर गरिने भएको छ । गत बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी कार्यक्रम निर्धारण गरेका थिए।

त्यस्तै बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !