१२ श्रावण २०८१, शनिबार

अमेरिकालाई सिरिया–इराकको चेतावनी : हाम्रो सीमानामा सैन्य बल खडा नगर्नू

प्रकाशित मिति :  31 August, 2023 12:48 pm


काठमाडौँ । सिरियाली विदेशमन्त्री फैसल मेकदाद र उनका इरानी समकक्षी हुसेन अमीर अब्दुल्लाहियानले सिरिया र इराकको सीमानामा सैन्य बल निर्माण नगर्न अमेरिकालाई चेतावनी दिएका छन् ।

बुधबार बसेको संयुक्त बैठकले आफूहरुको सीमाना क्षेत्रमा सैन्य बल निर्माण नगर्न अमेरिकालाई चेतावनी दिएका हुन् ।

सिरियाको राजधानी दमिश्कमा आयोजित एक सम्मेलनमा दुवै देशका मन्त्रीहरूले उत्तरपूर्वी सिरयाली प्रान्त हसाकाबाट अमेरिकाको नजिक दक्षिणपूर्वी क्षेत्रसम्म सिरिया–इराक सीमामा सैन्य बल र सम्बद्ध विद्रोही समूहहरू अमेरिकाले जम्मा गरेकोप्रति चिन्ता व्यक्त गरे ।

त्यस्तै इरानी विदेशमन्त्री अमिर अब्दोल्लाहियानले अमेरिकाले यो क्षेत्रमा हानी नोक्शान नपुर्‍याउन आग्रह गरे । उनले अमेरिकी सेनालाई सो क्षेत्रबाट फर्किन चेतावनी दिए । अमेरिकाको यो कदम अन्तर्राष्ट्रिय कानुनअनुरूपको नभएको बताए ।

सिरियाली विपक्षी कार्यकर्ताहरूले हालैमात्र दिएको रिपोर्टमा संयुक्त राज्य अमेरिका सिरिया–इराक सीमा क्षेत्रमा इरानी प्रभाव रोक्नका लागि नयाँ योजना बनाएर अघि बढेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस !